बंगलादेशमा नयाँ प्रधानन्यायाधीश नियुक्त
प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १६:०३
काठमाडौं । बंगलादेशको अदालतले नयाँ प्रधानन्याधिस पाएको छ ।
उच्च अदालतका न्यायाधीश सैयद रेफत अहमद बंगलादेशका प्रधानन्यायाधीश नियुक्त हुनुभएको हो ।
विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य हुनुभएको थियो । त्यसपछि विद्यार्थीहरुले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरुको राजीनामा मागेका थिए ।
हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।
0
Shares