२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

के अमेरिकाले हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य बनाएको हो ?

प्रकाशित मिति :  २८ श्रावण २०८१, सोमबार १३:१५


–विकल लिम्बु–

काठमाडौं । कसले कल्पना गरेको हुन्छ र त्यतिटाढाको अमेरिकाले बंगलादेशमा राजनीति गर्छ भनेर ।

दुरीको हिसावमा कहाँ हो कहाँ । हवाई यात्राको हिसावमा पनि लगातार झण्डै १५ घण्टाको दुरी छ बंगलादेस र अमेरिकाको ।

तर उतिटाढाको अमेरिकाले मलाई सत्ताबाट हटायो भनेर बंगलादेशका पूर्व प्रधानमन्त्री तथा हाल भारतमा शरणर्थी जिवन व्यतित गर्नुभएको शेख हसिनाले भन्नुभएको थियो ।

जव मानिस धेरै पिडामा हुन्छ तव मानिसले सत्य वोल्छ सक्छ । अहिले शेख हसिना पुरै पिडामा हुनुहुन्छ । त्यसैले पनि उहाँले भनेझै उहाँलाई अमेरिकाले सत्ताबाट पनि हटाएको हुन सक्ने जानाकारहरु बताउँछन् । यो कुरा पछि अबस्य थाहा हुने नै छ ।

नाम विद्यार्थीको तर काम अर्के देशको बनाएर अमेरिकाले उहाँलाई हटाएको हुन सक्ने पनि जानाकारहरु बताउँछन् ।

हुनत अमेरिका पुरै विश्वलाई नेतृत्व गर्न चहाने मुलुक हो । सबै देशहरुलाई आफ्नु माताहात राख्न अमेरिकाले चाहान्छ ।

सके आफ्नो कव्जामा राख्ने र नसके आफ्नो एकदमै मित्र राष्ट्रको कव्जामा राख्न खोज्ने अमेरिकाको यो पुरानो नीति हो ।

विभिन्न एनजीओ, आईएनजीओ, को प्रयोग गरेर अमेरिकी रुपैयाँ पैसा वजारमा फिजाएर विभिन्न मुलुकमा राजनीति अमेरिकाले गर्दै आएको जानाकारहरु बताउँछ । हो यस्तै तरिकाबाट बंगलादेसमा अहिले अमेरिकाले आफु अनुकुल सरकार निमार्ण गरेको समेत उनीहरुको दावी छ ।

हसिनाका बुबा शेख मुजिबुर्रहमानको आजको बंगलादेश निमार्णमा धेरै ठूलो भूमिका थियो । उनका पतिले पनि आजकाे बंगलादेश निर्माणमा धेरै राम्रो भूमिका निर्वाह गर्नुभएको थियो ।

हसिनाका पितालाई बंगलादेशमा राष्ट्र पिताभनेर पनि सम्वोधन गर्ने गरेका छन् ।

तर उनै राष्ट्र पिताको १५ बर्ष सम्म प्रधानमन्त्री भईसकेकी छोरीलाई प्रधानमन्त्री पदबाट राजीनामा मात्र गर्न नलगाएर देश नै छोडेर भाग्न बाध्य बनाइएकाे छ  ।
यसको पछाडी उहाँले भनेको जस्तो अमेरिकाले बंगलदेशमा खेलेको हुन सक्ने धेरै जानाकारहरु बताउँछन् ।

हसिनाको कार्यकालमा बंगलादेशले पृुरै आर्थिक क्रान्ती गरेको थियो ।
हसिनाले राम्रो सँग देश समालिहरदा उनलै देशमा राज गर्ने र वाहिर तत्वको विगविगी नहुने भएर हसिनालाई बंगालदेशबाट भाग्न पनि बाध्य वनाएको हुन सक्ने आंकलन धेरैले गरेका छन् ।

हसिनाले भारतबाटै भन्नुभएको थियो मलाई अमेरिकाले अहिले यो अबस्थमा पुर्यायो । मैलै अमेरिकाले भनेको मानिन अनि विद्यार्थी उचालेर मलाई राजीनामा गर्न बाध्य बनाएको हो ।

यो सगै हसिनाले अर्को महत्वपूर्ण कुरा पनि भन्नुभएको थियो । उहाँले भन्नुभएको थियो– ‘सेन्ट मार्टिन टापु अमेरिकालाई हस्तान्तरण नगरेको कारण मलाई सत्ताबाट हटाइयो ।’
उहाँले भनेझै अमेरिकाले बंगलदेशको सेन्ट मार्टिन टापु चाहान्थ्यो । त्यो पाएर अमेरिकाले बङ्गालको खाडीमा आफ्नो प्रभाव वढाउन चाहान्थ्यो । सो कुरा हसिनाले नमान्दा र अरु कोही पनि अमेरिकाले बंगलादेशमा उचाल्न नसक्दा विद्यार्थीहरुलाई उचालेर आफू अनुकुल सरकार बनाउन चाहेको कुरा बाहिर आएको थियो । यो के हो भन्ने कुरा केही समय पछि अबस्य नै थाहाँ होला ।

तर हसिनाले भनेझै अमेरिका त्यो राष्ट्र हो जसले आफू सत्तामा पुग्नको लागि विभिन्न हर्कत गर्ने गरेको छ ।

हसिनाले यो सगै आफू छिट्टै बंगलादेश फर्कने समेत बताउनुभएको छ ।

नेपाल पनि अमेकिकाको पुरै रेकीमा परेको राष्ट्र हो ।

अमेरिकाले विभिन्न एनजीओ, आईएनजीओ, लगाएत विभिन्न प्रोजेक्टहरुमार्फत नेपालमा आफ्नो प्रभाव विस्तार गरेको जानाकारहरु बताउँछन् ।

नेपालमा बिआरआई कार्यानयनमा पुरै अमेरिकाले नेपालमा खेलेको कुरा बाहरि आएको छ ।

चीनको प्रभावलाई निमिट्यान्य पार्ने र सके आफ्नो प्रभाव विस्तार गनेर नसके भारतको प्रभाव भएपनि विस्तार गर्ने अमेरिकाको नेपाल तर्फको खुलेआम नीति नै हो ।

आफूलाई टक्कर दिने देश चीनलाई कमजोर बनाएर विश्वमाथि राज गर्न खोज्ने अमेरिकाको योजना सफल गर्नकै लागि अमेरिका चीनलाई कमजोर गर्न चाहान्छ । सोही कारण नेपालको भूमी अमेरिकाले प्रयोग गर्न पुरै खोजिरहेको हुनसक्ने जानाकारहरु बताउँछन् ।

नेपालको भूमी प्रयोग गरेर चीनको महत्वपूर्ण भू– भाग तिब्बत छुट्याएर चीनलाई कमोजर पार्न खोज्नु अमेरिकाको योजना रहेको बुझ्न सकिन्छ । त्यसै कारण अमेरिका नेपालमा सँग पनि नजिक हुने गरेको जानाकारहरु बताउँछन् ।

अहिले वंलदेशमा नोवेल शान्ति पुरस्कार विजेता डा. मोहमद युनुस नेतृत्वको सरकार बनेको छ । मोहमद युनुस नेतृत्वको   सरकारले आफ्नो देशको वारेमा सोचेर काम गरोस् । सो सरकारले बंगलादेशको जनताको पक्षमा काम गरोस् सुभकामना छ ।

 

 

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !