२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री पाण्डे र कोरियाका पूर्वमन्त्री भेटबीच भेट, हवाइ भाडाबारे चर्चा

प्रकाशित मिति :  12 August, 2024 5:55 pm


काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री यु जिन रोंङबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोंङसहितको प्रतिनिधि मण्डलले सोमबार पर्यटनमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५० औं वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गर्नुभयाे ।

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयाे ।

त्यसैगरि, मन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाइ भाडा केही महंगो भएको विषयमा आम जनगुनासो रहेको भन्दै ध्यानाकर्षण पनि गराएका थिए ।

उहाँले भन्नुभयाे, ‘५० हजार भन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ । उहाँहरूलाई आउजाउ गर्न प्लेन भाडा महंगो हुने गरेको गुनासो गर्नुहुन्छ । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस् ।’

नेपालमा कोरियाबाट वर्षेनि ३० हजार पर्यटक आउने गरेको तथ्यांक रहेको बताउँदै कोरियाका पूर्वमन्त्री यु जिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताए ।

उहाँले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तो समेत दिएका छन् । साथै उक्त भ्रमणले नेपालमा कोरियाली पर्यटक भित्रनेमा विश्वास समेत गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !