कलेज, विश्वविद्यालयहरु खाली भए – असिम शाह
प्रकाशित मिति : 13 August, 2024 3:25 pm
काठमाडाैं । आज प्रतिनिधि सभामा रास्वपाका सभासद असिम शाहले वढ्दो युवा पलायनको बारेमा कुरा उठाउनुभएको छ ।
कलेज, विश्वविद्यालयहरु रित्तिए भनेर सरकारलाई केही मतलव पनि नभएको उहाँले बताउनु भयो ।
जतिपनि विदेश गएका युवाहरु छन् उनीहरुलाई नेपाल जोड्ने कडी भनेको उनीहरुको बुवा आमा हो भन्दै उहाँले विदेश गएकाको वुवा आमा नरहे उनीहरुले नेपाल नसम्झे पनि बताउनु भयो ।
उहाँले गगन थापाले केही महिना अघि प्रतिनिधिसभामा वोलेको कुरा रुखको छहारीमा बस्ने हो की, घाम ताप्ने हो, हस्या हतौडा वोकने हुन् की घण्टी बजाउने हो भनेर उहाँ प्रति कांग्रेस सरकारमा गएको र केही नभएको भनेर नाम नतोकी ब्याङ्गे् गर्नु भयो ।
0
Shares












