१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अंग प्रत्यारोपणका क्षेत्रमा नेपाललाई विश्वकै नमूना बनाउन सक्छौं : डा.श्रेष्ठ

प्रकाशित मिति :  २९ श्रावण २०८१, मंगलवार १७:४७


भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले मरेपछि खरानी भएर जाने अंगलाई दान गर्न सकेको खण्डमा एक व्यक्तिबाट आठ जनाले पुर्नजीवन पाउन सक्ने बताउनुभएकाे छ ।

विश्व अंगदान दिवसका अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा उहाँले सेवा, सुविधा र पूर्वाधार विकास गर्न सके देश अगंदानमा आत्मनिर्भर हुने बताए । उहाँले केन्द्रले मिर्गौला प्रत्यारोपणमा ९८ र कलेजो प्रत्यारोपणमा ९३ प्रतिशत सफलता हांसिल गरेको दाबी पनि गर्नुभयाे । अंग प्रत्यारोपणका क्षेत्रमा विश्वमा नमून बन्ने प्रयासमा रहेको उहाँले सुनाउनुभयाे ।

‘हामीले १२ सय ९२ जनाको मृगौला र २७ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छौं । ९८ प्रतिशत मृगौला र ९३ प्रतिशत सफल छौं । गत आर्थिक बर्षमा पनि १९६ जनाको मृगौला र १५ कलेजो गरी २११ जनाको सफल प्रत्यारोपण गरेर विरलै पाइने सफलता हाँसिल गरेका छौं,’ उहाँले भन्नुभयाे ।

केन्द्र भौतिक पूर्वाधारका रुपमा कमजोर रहेको उल्लेख गर्दै डा.श्रेष्ठले एक सय रोपनी जग्गा भक्तपुर इट्टा कारखाना क्षेत्रमा लिने प्रक्रिया अघि बढेको बताउनुभयाे । ‘जग्गा प्राप्तीको विषयमा अगाडि बढिरहेको छ । जग्गा प्राप्त भएमा तीन महिना भित्रमा प्रिफ्याक भवन बनाएर सेवा सुरु गर्छौ,’ उहाँले भन्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !