१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छोडे त्यसैले राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छः लिङ्देन

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार १६:२३


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको शान्ति प्रक्रियामा योगदान पुर्याएबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताउनुभएकाे छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छाडेको स्मरण गराएका हुन् ।

उहाँले भन्नुभयाे, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने राजाको योगदान छैन ? दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्याए वापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो ।’

साथै, उहाँले भ्रष्टाचार र हिंसा जहिले पनि दण्डित हुनुपर्ने बताए । संसद्मा प्राप्त गणित मात्रै सत्य नहुने बताउँदै उनले बंगलादेशबाट पाठ सिक्नुपर्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !