२० पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

औद्योगिक पार्कको पर्खाइमा झापा

प्रकाशित मिति :  ३१ श्रावण २०८१, बिहीबार १३:३१


काठमाडौं । एसियाकै नमूना र देशकै ठूलो भनिएको औद्योगिक पार्क बन्ने भनेको स्थानको अहिले विजोक छ । त्यही विजोक भित्र एउटा शिलालेख छ ।

जुन शिलालेखमा लेखिएको छ–‘सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट प्रदेश १, झापा जिल्ला स्थित दमक अ‍ैद्योगिक क्षेत्रमा ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट लिमिटेडको लगानीमा निर्माण हुने चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास सु–सम्पन्न भयो ’ यो शिलान्यास २०७७ फागुन १६ गते भएको हो ।

अहिले यो शिलान्यास भएको चार बर्ष वित्न लागि सक्यो । त्यतिवेलाका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ । उहाँले शिलान्यास गरेको औद्योगिक पार्क उहाँको निर्णयको प्रखाइमा छ । जहाँ लाखौं झापाली अनि तीन करोड नेपालीको भविष्य जोडिएको छ ।

औद्योगिक पार्क बन्छ भनेर सस्तोमा जग्गा दिनेहरुले पनि अहिले हरेस खाईसेका छन् ।

‘आफ्नो ठाँउमा विकास आउँछ भनेर सस्तोमा जग्गा दिईयो तर अहिले वेकारमा दिएको जस्तो भएको छ । तर अहिले प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउनु भएपछि भने अलि आसा पालाएको छ ’–झापाका औद्योगिक पार्कको लागि जग्गा दिएका एक स्थानीएले राइजिङ सन खबरलाई बताउनुभयो ।

उहाँले भन्नुभयो–‘ यो औद्योगिक पार्क जुन क्षेत्रमा बनेको छ त्यो क्षेत्र भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । त्यसैले पनि उहाँले यो पार्क वनाउनुहुनेछ भन्नेमा म विस्वस्त छु ।
झापामा औद्योगिक पार्क बनाउनुहुदैन भनेर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई झापाबाट विकास विरोधी मानिहरुको पुरै डेलिगेसननै आएको थियो ।
प्रचण्डलाई मात्र नभएर कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत पुरै डेलिगेसन आएको थियो । उनीहरुको डेलिगेसन आउनुको मुख्य कारण हो झापमा औद्योगिक पार्क नवनाऔं ।
तर बढ्दो युवा विद्यार्थी पलायन हुनु र देशमा बन्नै लागेको औद्योगिक पार्क बन्नमा रोकिनु यो राम्रो कुरा भने पक्कै होइन ।

अहिले चीन नेपाल मैत्री औद्योगिक पार्कको खाका तयार गर्ने देखि शिलान्यस समेत गर्नुभएका केपीशर्मा ओलीले उक्त पार्क शिलान्यसा गर्नुहुनेछ भन्ने विश्वास आम झापा वासिमा छ ।

नेपालमा चीनको लगानीमा बन्ने भनिएको उक्त पार्क रोक्न भारत पनि खुृलेर लागेको कुरा समेत बाहिर नआएको होइन । तर भारतको जिम्मेवार व्यक्तिले सो कुरा नवोले पनि भारतकै कारण चीन नेपाल मैत्री औद्योगिक पार्क बन्न नदिने कुरा स्पष्ट वाहिर आएको थियो ।
जानाकारहरुका अनुसार उक्त पार्क बन्दा चीनको लगानी नेपालले स्वीकार गर्ने र नेपालमा बिआरआई कार्यानयनको झल्को जाने हुँदा उक्त कुरा पार्क अहिले अन्योल अबस्थामा पुगेको उनीहरुको भनाई छ ।

त्यसो त नेपालमा अस्थिर राजनीति मच्काउन बाहिर तत्व धेरै सकृय भएर लागेको कुरा समेत बाहिर आएको थियो । नेपाललाई आफ्नै खुट्टामा उभिन नदिने रणनिति भनेको नेपालमा कल कारखान खोल्न नदिनु पनि हो भनेर जानाकारहरु बताउँछन् । उनीहरुका अनुसार जति नेपालमा कल कारखान खुल्छन् त्यतिनै नेपाल आत्मा निर्भर हुदै जाने र जति नेपाल आत्मा निर्भर हुदै जान्छ त्यती नेपाल समृद्ध हुने र केपी ओलीको समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा हुने हुँदा नेपालमा आर्थिक क्रान्ती हुन्छ भनेर बाहिर तत्वले खेलेको छर्लङ्न छ ।

कोशी प्रदेशमा मात्र पार्कको काम अघि किन बढ्यो भन्ने कुरामा जानाकारहरु भन्छन् बाहिरि तत्वले पुरै बाधा सृजना गरे  पनि गोविन्द थापाले सफल पार्ककाे  नेतृत्व गरेको कारण यो पार्क आजको स्थिती सम्म आईपुगेको उनीहहरुको भनाई छ ।

पार्क अरु ६ वटा प्रदेशमा पुरै अलपत्र अबस्थामा छ । पुरै अलपत्र अबस्थमा पार्क हुनुको कारण वाहिरी शक्तिनै रहेको उनीहरुको भनाई छ ।

आशा गरौं पार्कको बाकी काम अब प्रधानमन्त्रीले टुङ्याएर तीन करोड नेपालीको सपना सकार पार्नुहुनेछ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !