प्रचण्डको प्रश्न– लभ गर्नु गल्ती हो ?
प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ०८:५६
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रश्न छ– ‘लभ गर्नु गल्ती हो ?’ उहाँको अर्काे प्रश्न छ– लभ गरिराख्यालाई डिभोर्स गराउन पाइन्छ ?
माओवादी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो– ‘हाम्रो लभ परिराख्या थियो । माघ २८ गते माधवजी, झलनाथजी र मैले बोलेको सुनिहाल्नुभयो । लभ नपरी त्यसरी बोलिँदैन नि । डिभोर्स गराइएपछि दुलाहा दुलही रुँदै छन् ।’
‘डिभोर्स गराइएपछि देशभरी घुमेको घुम्यै छु’– प्रचण्डले भन्नुभयो ।
-आईएनए न्युज एजेन्सी
0
Shares