१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालका हिम पोखरीहरूको अवस्थाको बारे अनुसन्धान गर्नुपर्ने : सोनाम गेल्जेन शेर्पा

प्रकाशित मिति :  २ भाद्र २०८१, आईतवार १४:२३


काठमाडौं । राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले नेपालका हिम पोखरीहरूको अवस्थाको बारे अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै शेर्पाले हिम पोखरीका कारण तटीय बस्तीहरू असुरक्षित भएकाले त्यसको अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । हिम पोखरी फुट्दा सोलुको थामे खोलामा आएको बाढीले थाने क्षेत्रमा ठुलो क्षति पुर्‍याएको बताउँदै उहाँले यो घटनालाई बिर्सन नहुने बताउनुभयो ।

बाढीले दूध कोसीको पुल बगाएको कारण आवागमन नै रोकिएको बताउँदै उहाँले त्यसको तत्काल पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । त्यस्तै थामेको क्षतिग्रस्त विद्यालय तत्काल सञ्चालनको व्यवस्था मिलाउन उहाँले माग गर्नुभयो ।

बाढीले क्षति पुर्‍याएको समुदायले सञ्चालन गरेको विद्युत् गृह सञ्चालनको लागि सरकारले ध्यान दिनु पर्ने उहाँले बताउनुभयो । त्यस्तै बन्द भएको टेलिफोन तत्काल सञ्चालनको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो ।

पर्यटकीय क्षेत्र भएको सो क्षेत्रसम्म पुग्ने पर्यटन मार्ग सञ्चालनको लागि पनि उहाँले माग गर्नुभयो । ‘थामे क्षेत्रमा अहिले हिँड्न सक्ने अवस्था छैन, बाटो सुचारु छैन’, उहाँले भन्नुभयो ।

पीडित परिवारलाई तत्काल थप राहतको व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयो । थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्नु पर्ने बताउँदै उहाँले त्यसको लागि सरकारले आवश्यक योजना बनाउनु पर्ने बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !