८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साफ यू–२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

प्रकाशित मिति :  ३ भाद्र २०८१, सोमबार १८:१४


काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो ।

खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो । उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए ।

गोल गरेपछि उनले भारतको कोलकातामा डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको ’पीडितलाई न्याय’ लेखिएको टिसर्ट देखाएका थिए । खेलमा भुटानले इन्जुरी समयको अन्तिम मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो।

भुटानका कप्तान पेमाको प्रहार पोलमा लागेको थियो । प्रतियोगितामा भोलि समूह ‘ए’ को खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !