८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फेरिल्यान्ड र इबीए सफल

प्रकाशित मिति :  ३ भाद्र २०८१, सोमबार १८:४७


काठमाडौं । फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता पाएका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा फेरिल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २५–१२ ले पराजित ग¥यो । फेरिल्यान्डकी अलिथिया तामाङले ८ अंक बटुलिन् । इबीएले अद्वितीयलाई १२–६ ले हरायो । इबीएकी मेणुका मगरले ८ स्कोर गरिन् । सोही स्पर्धामा संस्कृति शिक्षा सदनले एक्टिभलाई १६–१४ ले पाखा लगायो । संस्कृतिकी सुहाना खड्काले ६ अंक जोडिन् ।

सिनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमीले ब्रेनल्यान्डलाई २९–१९, टीआईएले कन्स्टिलेसनलाई ३१–१९, हिमालयनले नव दीक्षीतलाई २६–२२, नेसनल युनाइटेडले बीएनएलाई ३२–२२, शुभकामनाले भद्रकालीलाई ४०–३३ र संस्कृति शिक्षा सदनले सेवा सदनलाई २६–२२ ले पन्छाए । लालीगुराँसका रिडम उपाध्यायले १९, टीआईएका कृष ओलीले १२, हिमालयनका अरुण कार्कीले ११, नेसनल युनाइटेडका मनीष राउतले १२, शुभकामनाका सुशानले १५ र संस्कृति शिक्षा सदनका रमन गुरुङले १४ अंक जोडे ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ३५–२२, इबीएले संस्कारलाई १७–८ र हिमरश्मिले तेजस्वीलाई २९–१५ ले पराजित गरे । गोल्डेनपिकका भुवन मण्डलले १०, इबीएका आदित्य श्रेष्ठले ४ र हिमरश्मिका सविन लामाले १५ स्कोर गरे ।

कन्स्टिलेसन क्वाटरफाइनलमा

आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय÷कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । विशाल मिलन केन्द्रको कोर्टमा कन्स्टिलेसनले जेभियर इन्टरनेसनल कलेजलाई ५२–४४ ले पराजित ग¥यो । ब्वाइजमै नागर्जुन ४ ले सीसीआरसीलाई ८०–६९, मनास्लुले टाइम्सलाई ५४–४५ र प्रिमियरले केसीसीएसलाई ५२–१७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

यससंगै ब्वाइजमा क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल कन्स्टिलेसन र नागर्जुन एनजेवाइएस, टाइम्स र नागर्जुन ४, प्रिमियर र जेभियर तथा मनास्लु र सीसीआरसीबीच हुनेछ ।

गल्र्सको राउन्ड रोविन लिगअन्तर्गत भएको एक मात्र खेलमा कन्स्टिलेसन विजयी भयो । कन्स्टिलेसनले बलर्स एकेडेमीलाई २१–७ ले पन्छायो ।

अन्टर कलेज इनडोर क्रिकेटमा ३२ टिम

प्रथम उपत्यकाव्यापी अन्तरकलेज इनडोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको चुनिखेलमा हुने भएको छ । बुढानीलकण्ठ नगरपालिका – १३ चुनिखेलमा अवस्थित रोयल स्पोर्ट्स पार्क खेल मैदानमा बुधवारदेखि प्रतियोगिता शुरु हुन लागेको हो । हाइपिटि इभेन्टले पहिलो पटक आयोजना गरेको खेल तीन दिनसम्म चल्नेछ ।

हाइपिटि इभेन्टले एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रतियोगिताको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा २८ कलेजका कप्तानहरू सहभागी भएका थिए । सहभागी कप्तानहरुलाई कार्यक्रमको नियमबारे जानकारी गराइ आधिकारिक टाइसिट पनि सार्वजनिक गरिएको थियो । खेल नकआउट चरणमा खेलाइने छ ।

बुधवारबाट चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा बिहान ८ बजे देखि संचालन हुने खेलमा पहिलो खेल जुन लुम्बिनी र एभिएसबीच हुनेछ । भदौ ५ देखि ८ गतेसम्म हुने प्रतियोगितामा ३२ वटा कलेज सहभागी भएका छन् ।

आउटडोर क्रिकेट प्रतियोगितामा सहभागी हुन अवसर नपाएका विद्यार्थीहरु र उनिहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले खेल आयोजना गरिएको र खेलको माध्यमबाट विद्यार्थीहरुलाई अगाडि बढाउन र राष्ट्र निर्माणमा सघाउ पु¥याउन साथै सामाजिक उत्तर दायित्व अन्तर्गत, राष्ट्रको गहना निर्माण गर्ने उदेश्यले इनडोर क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजक हाइपिटि इभेन्टको भनाइ छ ।

आयोजक हाइपिटि इभेन्टका अनुसार क्रिकेट प्रतियोगितामा विजेता प्रथम हुने टिमले ५० हजार नगद र उपविजेता हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै उत्कृष्ट खेलाडि, उत्कृष्ट ब्याटर बलर र फिल्डरले पनि जनही ५ हजार नगद सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

क्रिकेट प्रतियोगितामा सहभागी हुने टिमहरुः एभिएस कलेज, सेन्ट जेभियर्स जावलाखेल, अर्बाना स्कूल अफ साइन्स, बुढानिलकण्ठ मावि, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, चाणक्य व्यावस्थापन क्याम्पस, सेन्ट लरेन्स कलेजनिम्स (नितेन मेमोरियल एचएस स्कूल), ब्रिटिश मोडेल कलेज, जनप्रेमी विश्व विद्यालय, नेपालय कलेज, प्रयोगशाला कलेज,डीएभी कलेज ए, डीएभी कलेज बि, आदर्श नमुना विद्यालय, शिखर एकेडेमी, एलआरआइ कलेज, लुम्बिनी एकेडेमी, मनास्लु वर्ल्ड कलेज, एचआरआइटि कलेज, इनसाइट भिजन कलेज, ब्लूबर्ड कलेज, ओमेगा कलेज, गोल्डेनगेट कलेज, शिक्षान्तर कलेज, भिएस निकेतन कलेज तिनकुने, लिभरपुल कलेज र ग्लोबल कलेज अफ म्यानेजमेन्ट कलेज रहेका छन् ।

फोटो ः
१ देखि ३. ग्रिनल्यान्ड बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
४ देखि ६. कथालय÷कन्स्टिलेसन कप यु–१९ बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
७. अन्तरकलेज इन्डोर क्रिकेट ।


0
Shares

प्रतिक्रिया दिनुहोस !