एमाले केन्द्रीय कार्यालय बैठककाे निर्णय : सचिवालय बैठक बिहीबार बस्ने
प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १६:३४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।
बैठक आगामी बिहीबार बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ ।
सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ ।
बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरू, सचिवहरू र कार्यालय सचिवको सहभागिता रहेको थियो ।
0
Shares