२१ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बुटवल र कैलालीमा चार संक्रमितकाे ज्यान गयाे

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार ०७:३०


काठमाडाैं । काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या फेरि बढ्न थालेकाे छ ।

बुटवल र कैलालीमा उपचाररत चार जना काेराेना संक्रमितकाे साेमबार बिहान ज्यान गएकाे छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको आज बिहान ज्यान गएकाे हाे ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णुप्रसाद गाैतमका अनुसार  रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ की ७१ वर्षीया महिलाकाे साेमबार बिहान ज्यान गएकाे हाे । चैत २१ गते संक्रमण पुष्टि भएकी ती महिला २३ गते मात्र अस्पताल भर्ना भएकी थिइन् ।

अर्घाखाँचीकाे मालारानी-५ की ७९ वर्षीया महिलाकाे पनि साेमबार बिहान ज्यान गएकाे अस्पतालले जनाएकाे छ । चैत २७ गते संक्रमण पुष्टि भएकी ती महिला साेही दिन अस्पताल भर्ना भएकी थिइन् ।

कपिलवस्तुकाे वाणगंगा नगरपालिका-३ का एक जना पुरुषकाे पनि साेमबार नै ज्यान गएकाे अस्पतालले जनाएकाे छ । ती पुरुषमा पनि चैत २७ गते संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उता कैलालीको गोदावरी नगरपालिका-३ का ५० वर्षीय काेराेना संक्रमित पुरुषकाे पनि ज्यान गएकाे छ । आइतबार संक्रमण पुष्टि भएका ती पुरुषकाे साेमबार ज्यान गएकाे सेती प्रादेशिक अस्पतालले जनाएकाे छ । ती पुरुष फागुन पहिलो साता भारतबाट आएका थिए ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !