गठबन्धनले तत्काल न्यूनतम साझा कार्यक्रम सार्वजनिक गराेस् : अर्जुननरसिंह केसी
काठमाडाैं । नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले भ्रष्टाचार अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् केसीले संसद्मा उठेका र चर्चित सबै भ्रष्टाचार काण्डकाे राष्ट्रिय रुपमा निष्पक्ष छानबिनका लागि प्रधान्यायाधीशकाे नेतृत्व न्यायिक आयाेग गठन गर्नुपर्ने बताउनुभयाे ।
साे आयाेगमा सत्ता र प्रतिपक्षले चिनेकाे नभइ देशले चिनेकाे र निष्पक्ष काम गर्ने व्यक्ति राख्नुपर्ने उहाँले बताउनुभयाे । यति गर्न सके एक खालकाे निराशा चिर्न सकिने सांसद् केसीले बताउनुभयाे ।
भ्रष्टाचार मुद्दाकाे हदम्याद ५ वर्ष राख्ने कुरा एकदमै गलत भएकाे उहाँले बताउनुभयाे । याे प्रावधान तत्काल खारेज गर्न सांसद् केसीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
निराशा, आक्राेश र अराजकतातिर राष्ट्र उन्मुख भइरहेकाे भन्दै उहाँले यसमा छलफल नगरे याे अत्यन्त्र विनाशक हुने बताउनुभयाे । युवाकाे आक्राेश सम्बाेधन गर्नुपर्ने पहिलाे आवश्यकता भएकाे सांसद् केसीले बताउनुभयाे ।
गठबन्धनभित्र भएकाे ७ बुँदे सहमति राम्राे भएकाे भन्दै उहाँले गठबन्धनलाई तत्काल न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न पनि सुझाव दिनुभयाे । ‘गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम सार्वजनिक नहुनु राम्राे हाेइन, तत्कालै प्रस्तुत हाेस्, त्यसले आम रुपमा नेपाली जनतामा देखिएकाे निराशालाई चिर्न अविश्वासलाई विश्वासमा बदल्न निराशालाई आशामा बदल्न भ्रष्ट्राचार नियन्त्रण र सुशासनका लागि सहज हुनेछ’- सांसद् केसीले बताउनुभयाे ।
मंहगी नियन्त्रण, किसानलाई समयमै मलकाे व्यवस्था लगायतमा गम्भीर बन्न पनि उहाँले सरकारलाई सुझाउनुभयाे । २ ठूला दलकाे गठबन्धन सरकार असफल भए व्यवस्था नै असफल हुने सांसद् केसीले बताउनुभयाे ।
संविधान संशाेधन व्यापक छलफल हुनुपर्ने सांसद् केसीले बताउनुभयाे ।