याे सरकारलाई असफल हुने छुट छैन : राजकिशाेर यादव
काठमाडाैं । राजकिशाेर यादवले अहिलेकाे सरकारलाई असफल हुने छुट नभएकाे नभएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् यादवले याे सरकारलाई असफल हुने, अल्छि गर्ने र जनताकाे समस्या समाधान नगर्ने र दायाँबायाँ गर्ने छुट नभएकाे बताउनुभयाे ।
याे सरकार बन्दा जनतामा एक प्रकारकाे आशा रहेकाे तर सरकार त्यसअनुसार अघि बढ्न नसकेकाे उहाँले बताउनुभयाे । राजदूत नियुक्ति कुनैपनि काेणबाट समावेशी नदेखिएकाे बताउँदै सांसद् यादवले भन्नुभयाे – ‘याे सरकारले याे संविधान मान्नुपर्छ कि पर्दैन ?’
टिकटक भन्दा पनि भ्रष्टाचारकाे फाइल खाेल्नमा लागेकाे भए सरकारकाे उचाइ अघि बढेकाे हुने समेत उहाँले बताउनुभयाे ।
भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद आफ्नाे दलले स्वीकार नभएकाे सांसद् यादवले बताउनुभयाे । भ्रष्टाचारी जाे भएपनि सजाय दिनुपर्ने र त्यसकाे सम्पत्ति जफत हुनुपर्ने समेत उहाँले बताउनुभयाे ।
संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच दाेहाेरी चल्नु गलत रहेकाे समेत सांसद् यादवले बताउनुभयाे । डुँडिखेलमा देखिएकाे दुर्घटनाकाे संकेत भएकाे भन्दै उहाँले समय सचेत नभए त्यसले ठूलाे रुप लिन सक्ने चेतावनी दिनुभयाे ।