१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेरो प्रधानमन्त्री कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ : केपी ओली

प्रकाशित मिति :  १५ भाद्र २०८१, शनिबार १९:१४


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताउनुभएकाे छ ।

क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’ को पुस्तक विमोचन समाराेहलाई शनिबार काठमाडाैंमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले त्यसाे भन्नुभएकाे हाे ।

उहाँले सबैलाई एकताकाे शुत्रमा बाँध्ने र राष्ट्रिय एकता कायम गर्न राजनीतिक पार्टी भएकाे तर सधैं एउटै व्यक्तिकाे नेतृत्व प्रकृतिले पनि नमान्ने बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे –  ‘मैले सधैं मै नेतृत्व गर्छु नेपालकाे मैं प्रधानमन्त्री हुन्छु भनेर र हुन्छ र ? मलाई मन नपराउनेहरूलाई खुशीको खबर भनिदिन चाहन्छु- अब मेरो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिला १५ दिन बाँकी छ, त्यो भन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ ।’

राजनीतिलाई, राज्य व्यवस्था र विधिकाे शासनलाई घृणा गर्ने कुरा सामाजिक अराजकता मात्रै भएको उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले घृणाकाे राजनीति र अराजकताले समाजलाई बेथितितर्फ लैजाने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !