९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री पद सडकमा फालिएको छ– प्रदिप गिरि

प्रकाशित मिति :  ३० चैत्र २०७७, सोमबार १०:४२


प्रदिप गिरिले भन्नुभयो– ‘उत्तर दिनमा केपी ओलीको कुनै जोडा छैन । नेपालमा मात्र होइन मेरा विचारमा हारे मोदीसँग हार्नुहोला अरुसँग एसियामा हार्नुहुन्न ।

प्रतिनिधि सभा बैठकमा बोल्दै प्रदिपले इनफ इज इनफ शब्दावलीको प्रसंग उठाउनुभयो । केही महिना अघि आफूले सदनमा इनफ इज इनफ प्रसंग उठाएको स्मरण गर्दै भन्नुभयो– ‘मेरो त्यसबेलाको चोटिलो गहकिलो प्रश्नको मलाई परास्त गर्ने खालको उत्तर दिनुभएको थियो ।’

देशमा आएको राजनीतिक संकट राष्ट्रिय सहमतिबाट सामाधान गरिनु पर्ने उहाँले बताउनुभयो ।‘म प्रधानमन्त्री, पार्टी अध्यक्ष तथा सभापति, राष्ट्रपति, सभामुख सबैलाई संकेत गर्न चाहन्छु । यो अवस्थाको जिम्मेवार सबै छौं ।’

प्रधानमन्त्री एक्लैले चाहेर यो अवस्थाको अन्त्य हुन नसक्ने उहाँले बताउनुभयो– ‘राष्ट्रिय सहमतिको आवश्यकता छ । प्रधानमन्त्री पद सडकमा फालिएको छ । सडकबाट को प्रधानमन्त्री हुने भन्ने छलफल हुँदैछ । शेरबहादुर देखि, महन्थ ठाकुर, प्रचण्ड सबै छलफलमा हुनुहुन्छ ।’

यो संविधानलाई बचाएर अगाडि बढ्ने कि ०४७ सालको जसरी भत्काउने ? उहाँले सोध्नुभयो । चुनावमा जान सहमति गर्नुपर्ने उहाँले बताउनुभयो । चुनाव गर्न राष्ट्रिय सहमति र चुनावी सरकार चाहिन्छ भने त्यो पनि गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘प्रधानमन्त्रीलाई छोड्नुस भनेरमात्र हुदैन । समाधान पनि दिनुपर्छ । दिनप्रतिदिनको विवाद जुहारीबाट समाधान हुँदैन । अब यसरी हुँदैन्, देश बनाउने कुरामा लागाैं’– उहाँले भन्नुभयो ।

-आईएनए न्युज एजेन्सी

0
Shares

प्रतिक्रिया दिनुहोस !