९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

शंकर पोखरेललाई कसैले हल्लाउन सक्दैन – सन्तोष पाण्डे

प्रकाशित मिति :  ३१ चैत्र २०७७, मंगलवार ०९:१६


काठमाडौं । ‘मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी कसैले पनि हल्लाउन सक्दैन’– यो भनाइ लुम्बिनी प्रदेशका जसपा सांसद् सन्तोष पाण्डेकोे हो ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध मोर्चाबन्दी चलिरहेका बेला पाण्डेको यस्तो प्रतिक्रिया आएको हो । लुम्बिनीमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन दौडधुप गरिरहेको छ । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत समेत भइरहेकाे छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपा एकै ठाउँ उभिएपनि हाल एमालेसँग रहेको सिट संख्या मात्र पुर्याउन सकिने सांसद् पाण्डेले बताउनुभयो । ‘कांग्रेसको १९, माओवादी केन्द्रको १७ र जसपाका ५ सांसद् मिल्दा बल्ल एमालेको जति मात्र सिट संख्या पुग्छ, अनि कसरी ढल्छ सरकार ?’ – पाण्डेको प्रश्न छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइए जसपा सांसद् कल्पना पाण्डेले हस्ताक्षर नगर्ने पनि सन्तोषले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कल्पनाजीले सरकारको विपक्षमा हस्ताक्षर गर्नुहुन्न, उहाँ तत्कालीन राजपाको भएकाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्नु भन्ने केन्द्रको निर्देशन छ ।’

मुख्यमन्त्री अविश्वास प्रस्ताव ल्याइए पनि सफल नहुने सन्तोषको भनाइ छ । आफूहरुले अविश्वास प्रस्तावमा हस्ताक्षर नगर्ने समेत सन्तोषले बताउनुभयो । ‘हामी एक भएर केही हुन्न, मुख्यमन्त्री सुरक्षित हुनुहुन्छ’ – सन्तोषले भन्नुभयो ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका ४१ जना सांसद् छन् । सरकार बनाउन ४३ सांसद् चाहिन्छ । प्रदेश सभामा सभामुखसहित माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद् छन् । माओवादीले दुई जना सांसद्लाई कारबाही गरेर सांसद्बाट हटाइसकेको छ ।

रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रको संसदीय दलले कारबाही गरेको थियो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !