२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुमारी बैंकको देशैभर वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षक–प्रशिक्षण सम्पन्न

प्रकाशित मिति :  11 September, 2024 10:49 am


युसएड संगको सहकार्यमा “देशै भरि बर्षै भरि” अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा वित्तिय साक्षरता प्रर्बद्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देसहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

 

स्थानियस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तिय साक्षरता सामाग्री विकास गरि समाजमा रहेका ब्यावसायिक एवं उद्यमशिल संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशिलता बिकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !