९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मिसन-२०८४ मा एमालेले बहुमत ल्याउने बलिया आधार छन् : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २९ भाद्र २०८१, शनिबार २०:४१


काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मिसन-०८४ सफल पार्ने बलियाे आधार रहेका बताउनुभएकाे छ ।

स्थानीय तहमा जनसंगठन सुद‍ृढीकरण राष्ट्रिय कार्याशालालाई शनिबार काठमाडाैंमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले अहिले मिशन ०८४ मा एकल बहुमत ल्याउने बलियाे आधार भएकाले त्यसलाई सफल पार्नेगरी सम्पूर्ण शक्ति परिचालन गर्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

मिसन ०८४ एमालेका लागि निर्णायक बिन्दु रहेकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘मिसन ८४ हाम्रा लागि यस्ताे एउटा निर्णायक बिन्दु हाे, मिसन ८४ ले कि हामी सफलतातर्फ विजयकाे यात्रातर्फ लाग्याैं भन्ने निर्णय निकाल्छ, कि हामी अझ जटिल स्थितिमा फस्न सक्छाैं, अहिले हाम्राे अगाडि मिसन ८४ सफल पार्ने, मिसन ८४ मा एकल बहुमत मजाले ल्याउन सक्ने बलिया आधारहरु हामीसँग छन् ।’

अहिले राष्ट्रिय शक्तिकाे रुपमा रहेकाे एमालेलाई निर्णायक राष्ट्रिय शक्तिकाे रुपमा विकास गर्नेगरी अगाडि बढ्नैपर्ने उहाँले बताउनुभयाे । जनताको हितमा काम गर्ने पार्टीलाई मात्रै नेपाली जनताले विश्वास गर्ने भन्दै प्रधानमन्त्री ओलीले मिसन ८४ सफल पार्नैपर्ने बताउनुभयाे । मिसन ८४ सफल नभए जनतामा एमालेप्रति विश्वास कम हुन सक्ने खतरा रहेकाे उहाँले बताउनुभयाे ।

माओवादी केन्द्रले विगतका निर्वाचनमा जनताको विश्वास गुमाउँदै गएको भन्दै प्रधानमन्त्री ओलीले आगामी चुनावमा मुस्कलिलले राष्ट्रिय पार्टी बन्न सक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘मैले एउटा पेपरमा देखेको थिएँ-माओवादीको १९ लाख भोट कहाँ गयो भन्ने ? गम्भीर प्रश्न-विश्लेषण थियो, अब अर्को चुनावमा पुग्दाखेरी ४-५ लाख आउँला कि, राष्ट्रिय पार्टीसम्ममा अडिएला कि ।’

राष्ट्रिय स्वतन्त्र पार्टी खन्चुवा पार्टी भएकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

जनताकाे बहुदलीय जनवाद रहेकाे भन्दै उहाँले यसकाे सही सदुपयाेग गरेर देशकाे विकास गर्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !