३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

प्रकाशित मिति :  ३० भाद्र २०८१, आईतवार ०८:११


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अग्रता लिन असफल भएको थियो ।

बर्नमाउथको मैदानमा खेल बराबरीतर्फ उन्मुन भएका बेला चेल्सीले ८६ औं मिनेटमा गोलको खडेरी तोडेको थियो ।

चेल्सीका लागि क्रिष्टोफोर नुकुनुले जाडोन सान्चोको पासमा गोल गरेका थिए । सोही गोल नै चेल्सीलाई जारी प्रिमियर लिगमा ३ अंक थप्न प्रयाप्त रह्यो । चेल्सी जारी सिजनको चौथो चरणमा सात अंकका साथ तालिकाको सातौं स्थानमा छ । चेल्सीसँग पराजित बर्नमाउथ भने ५ अंकका साथ ११ औं स्थानमा छ । बर्नमाउथको पहिलो हार हो ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले एर्भटमाथि ३–२ गोलको पुनरागमन जीत दर्ता गेको छ । २ गोलले पछि परको एस्टनले उत्कृष्ट पुनरागमन गर्दै जीत दर्ता गरेको हो ।

एस्टनको मैदानमा पाहुनाटोली एभर्टनले १६ औं मिनेटमा अग्रता लिएको थियो । डिवेट म्याकनेलले गोल गर्दै एभर्टनलाई सुरुआती अग्रता दिलाए । २७ औं मिनेटमा डोमोनिक कालभर्टले म्याकनेलको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

एस्टनले ३६ औं मिनेटमा पहिलो गोल फर्काउन सफल भयो । उसका ओले वाट्किन्सले लुकास डिग्नेको पासमा गोल गर्दै अन्तर २–१ मा ल्याए । ५८ औं मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दा एस्टनले एभर्टनसँग खेल २–२ को बराबरीमा ल्याएको थियो ।

७६ औं मिनटमा रोस बार्कलेको पासमा जोन डुरानले गोल गरेपछि अन्ततः घरेलु मैदानमा एस्टन भिल्लाले ३–२ को पुनरागमन जीत दर्ता गर्न सफल भयो ।

प्रिमियर लिगकै अर्को खेलमा पहिलो मिनेटमै ब्रेन्टफोर्डसँग पछि परेको म्यानचेस्टर सिटीले २–१ गोलको पुनरागमन जीत निकालेको छ । पहिलो मिनेटमै योएन वेइसाले गोल गर्दै अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको सिटीलाई एर्लिङ हालान्डले उद्दार गरे । उनले १९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ३२ औं मिनेटमा एडरसनको पासमा उनै हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा थप गोल दुवै टिमबाट नभएपछि सिटी अन्ततः २–१ को जित दर्ता गर्दै स्पष्ट ३ अंक तालिकामा थप्न सफल भयो ।

जारी प्रतियोगितामा सिटीको यो लगातार चौथो जीत हो । सिटी प्रिमियर लिग तालिकामा १२ अंकका साथ शीर्ष स्थानमा छ ।

यसैगरी, इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पहिलो हार ब्यहोरेको छ ।

लगातार तीन खेलमा जित निकालेको लिभपुरल शनिबार भएको चौथो खेलमा नटिङघम फरेस्टसँग १–० गोलको साँघुरो अन्तरले पराजित भयो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टह्याममाथि अधिकांश समय दबाब कायम गरे पनि गोल गर्न असफल भयो । ७२ औं मिनेटमा नटिङघम फरेस्टका लागि कलुम हडसनले एन्थोनी एलेन्गाको पासमा गोल गर्दै अग्रता दिलाए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै नटिङघमले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो । नटिङघमले ४ खेलमा २ मा जित र २ मा बराबरी खेल्दै ८ अंकका साथ आफूलाई पाँचौं स्थानमा छ । पहिलो हार व्यहोरेको लिभरपुल ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा व्राइटन र इप्सवीचले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा क्रिष्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यसैगरी फुलह्याम र वेस्टह्यामले पनि एक एक गोलको बराबरी खेलेर अंक बाँड्न पुगे ।


339
Shares

प्रतिक्रिया दिनुहोस !