३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नाइजेरियामा डुङ्गा पल्टिँदा ४१ जनाको ज्यान गयाे

प्रकाशित मिति :  ३० भाद्र २०८१, आईतवार १८:१९


नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुङ्गा पल्टिँदा कम्तीमा ४१ जनाको शव फेला परेको छ भने अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।
    पच्चासभन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुङ्गा गुम्मी नजिकैको नदीमा पल्टिएको हो ।
डुङ्गामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुङ्गाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए । दुर्घटनापश्चात स्थानीय अधिकारीहरूले तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गरेका थिए ।
    स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जाम्फारा राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख हसन दौराले घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताउनुभयो ।
  नाइजेरियामा प्रायः डुङ्गा दुर्घटनाहरू ओभरलोडिङ, प्रतिकूल मौसम अवस्था र परिचालन त्रुटिहरूले गर्दा हुन्छ ।
–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !