३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

प्रकाशित मिति :  ३१ भाद्र २०८१, सोमबार ०९:४४


काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।

संघीय संसद् नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सम्बाेधन गर्न लाग्नुभएकाे हाे ।

नेकपा माओवादी केन्द्रले हिंसा शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । यसअघिकाे बैठक पनि माओवादीले अवरुद्ध गरेकाे थियाे ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले संघीय संसद्काे चालु अधिवेशन आज साेमबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेकाे छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । उहाँले विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !