महेन्द्रबहादुर शाहीले राजीनामा नदिने, विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिनुहुने भएको छ ।
योसँगै वैशाख ३ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । तर, एमालेका सांंसद्ले फ्लोर क्रस गरे मात्र शाहीको बहुमत पुग्ने देखिन्छ । एमालेका सांसद् एक ढिक्का भइसकेका छन् । माधव गुटले धोका दिए बर्खास्त गर्ने एमालेले बताइसकेको छ ।
कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले चैत ३ गते फिर्ता लिएको थियो । शाहीले राजीनामा पर्खेर बसेको एमालेले नयाँ सरकार गठनका लागि गृहकार्य गरिरहेको छ । तर शाहीले राजीनामा नदिनुहुने भएपछि कर्णालीको राजनीति थप पेचिलो हुने देखिएको छ ।
माधव गुटका सांसद् धोका नदिए सरकार बनाउन एमालेसँग स्पष्ट बहुमत छ । ३९ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग २० सांसद् छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।
-आईएनए न्युज एजेन्सी