३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘सहकारी ठगीको विषयमा रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो’

प्रकाशित मिति :  ३१ भाद्र २०८१, सोमबार १५:५८


काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले रवि लामिछानेले सहकारीको ठगीको विषयमा क्लिन चिट पाएको जानकारी दिनुभएकाे छ ।

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सांसद खनालले लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुनैपनि प्रमाण नभेटेको निष्कर्ष संसदीय समितिले निकालेको जानकारी दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन । सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ ।’

 


0
Shares

प्रतिक्रिया दिनुहोस !