४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मनसुनी वायुको प्रभाव कायम : यी पाँच प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति :  ४ आश्विन २०८१, शुक्रबार ०८:४७


काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबार बिहान कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !