४ आश्विन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विकास विरोधी मानिसको कुरा नसुनी झापाको चीन नेपाल मैत्री औद्योगिक पार्कको काम सुरु हुनु पर्छ

प्रकाशित मिति :  ४ आश्विन २०८१, शुक्रबार १८:२२


–सन्तोष कार्कीे–

काठमाडौं । हामी एक छिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उभिएर हेर्न हो भने हामी हजारौं नेपालीहरू रोजगारीको लागि विदेश गएको देख्न सक्छौं ।

मलाई चाही उहाँहरु विदेश जानुमा देशमा उद्योग धन्दा थोरै भएर हो जस्तो लाग्छ । जति पनि रोजगारीको लागि विदेश गएका छन् । धेरै भन्दा धेरै मानिसहरु कतार, साउदी, दुवही जस्ता खाडी मुलुकमा गएको हामी पाउछौँ

त्यो खाडी मुलुकको हावापानी नेपालको भन्दा बिल्कुलै फरक छ । त्यहाँको मौसम धेरै तातो भएको जाने मानिसहरू बताउँछन् । जाने मानिसहरु यो पनि बताउँछन् कि हामीले सानो रोजगारी पाएको भए नेपालमै हुन्थ्यम्

मेरो विचारमा उनीहरूलाई नेपालमै रोक्न सकिने उपाय भनेको देशमा उद्योग धन्दा धेरै भन्दा धेरै हुनु हो ।

अध्ययन गर्न विदेशिनु र कामको लागि विदेशिनु मेरो विचारमा बिल्कुल फरक कुरा हो ।

नेपालीहरू काम गर्न बाध्यताले खाडीमा गएका हुन् ।

मैले हाम्रो मुलुक नेपालमा पनि सातै वटा प्रदेशमा विशाल विशाल औद्योगिक पार्क वनाउने भनेर सरकारले भनेको कुरा सुनको छु । विभिन्न पत्र पत्रिकामा पढेको पनि छु । सो निर्णय नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँले गर्नु भएको हो ।

तर अहिले सम्म ती विशाल उद्योगहरू बन्ने छाँट काट भएको मैले पाएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बन्ने भनिएको चीन नेपाल मैत्री औद्योगिक पार्कको अघिल्लो पटक प्रधानमन्त्री बन्दा शिलान्यास गर्नु भएको थियो ।

त्यो औद्योगिक पार्क एसियाकै नमूना र नेपालकै विशाल ठूलो भनिएको थियो । मेरो विचारमा त्यो उद्योग सञ्चालनमा आए पनि कति धेरै नेपालीहरूले रोजगारी पाउने थिए । त्यो पनि अहिले बन्ने अवस्थामा नरहेको मैले पाएको छु । मलाई त्यो उद्योग किन बन्नबाट रोकिएको हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्न मन लागेको छ ? हुनतबागमती प्रदेश नुवाकोट जिल्लाको हुँ । तर पनि देशमा जहाँ भएपनि ठूला ठूला उद्योगहरू भए नेपालीहरू काम गर्नको लागि विदेशिन बाध्य हुने थिएनन् ।

मैले सुनेको बुझेको झापामा औद्योगिक पार्क बन्न नदिनको लागि धेरै देशी विदेशी शक्तिहरू खुलेरै लागेका छन् ।

देशमा धेरै भन्दा धेरै उद्योग चाहिने बेलामा बन्न लागेको औद्योगिक पार्क पनि बन्न नदिने मानिसहरू भनेका मेरो विचारमा राष्ट्रघाती नै हुन् ।

अहिले प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा अमेरिका जानुभएको छ । उहाँले त्यहाँ पनि नेपालमा औद्योगिक पार्कको विषयमा सम्बोधन गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले झापा र देश भरि नै स्थापना गर्ने भनिएको औद्योगिक पार्कको चाँडै नै स्थापना गर्नुहाेस्  । प्रधानमन्त्रीलाई शुभकामना छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !