दुर्गा प्रसाईं पक्राउ
प्रकाशित मिति : 22 September, 2024 4:43 pm
काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीकाे साइबर ब्युरोको टोलीले आइतबार अपरान्ह भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हाे ।
गत बुधबार प्रसाईंसहित तीन जना विरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । साइबर अपराध गरेको आरोपमा प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध पनि पुर्जी जारी भएको थियाे ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै प्रसाईंमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएकाे ब्युराेले जनाएकाे छ ।
0
Shares












