९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सहकारीबाट ठगिएकाको आन्दोलनको नेतृत्व रवि लामिछानेले गर्ने !

प्रकाशित मिति :  ६ आश्विन २०८१, आईतवार २२:३६


काठमाडौं । सहकारी ठगीमा संसदीय छानबिन समितिले दोषी ठहर गरी कारबाहीको लागि सिफारिस भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सहकारी पीडितका आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताउनुभएको छ ।

सहकारी ठगी प्रकरणमा आफ्ना सहकर्मी छवि जोशी बञ्जाण्डेलाई सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको सिफारिस बमोजिम आइतबार साँझ अनुसन्धानको लागि पक्राउ परेपछि लामिछानेले आफूलाई पनि प्रहरीले पक्राउ गर्न सक्ने भन्दै आत्तिएर पार्टीको भेला बोलाउनुभएको थियो । प्रहरीले लामिछानेलाई पक्राउ गर्न सकिने सूचना दिएको भए पनि अदालतको आदेश निलिएको कारण आइतबार पक्राउ गरेन ।

प्रहरीले पक्राउ गर्ला भन्ने डरले पार्टी कार्यालय भित्र नेताहरूसँग छलफल गरेर बस्नु भएका लामिछानेले आइतबार प्रहरीले नसमात्ने निश्चित भएपछि राति १० बजे पार्टी कार्यालयमा भेला भएका नेता, कार्यकर्ताहरूलाई सम्बोधन गर्नुभयो । सो सम्बोधनका क्रममा उहाँले आफूले कुनै अपराध नगरेको र सहकारी पीडितले चाहनुहुन्छ भने उहाँहरुको आन्दोलनको नेतृत्व आफूले गर्ने बताउनुभयो ।

लामिछानेले आफूलाई सुरुदेखि सरकारले पेलेर भित्ता लगाउन खोजेको बताउँदै आफू त्यसबाट नभाग्ने बताउनुभयो । आफ्नो विरुद्ध सिङ्गो सरकार लागेको भन्दै उहाँले सहकारी पीडितको कुरा मात्र होइन विद्युत् महसुलको कुरा पनि उठाउन आग्रह गर्नुभयो । निक्कै नर्मस देखिनुभएका लामिछानेले सहकारी ठगीमा आफूलाई संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको दोहोर्‍याउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !