प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएकाे छ ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री तोग्बेबीच सोमबार बिहान राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालयमा भेटवार्ता भएको हो ।
उहाँहरुबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेबीच दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएकाे थियाे ।
छलफलका क्रममा भुटानी प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको बताउनुभएकाे थियाे । उहाँले नेपालले भुटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभयाे ।
प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताउनुभएकाे थियाे ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । महासभामा दाैरान उहाँ साइडलाइनमा भेटवार्तामा व्यस्त हुनुभएकाे हाे ।
यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री ओलीबीच आइतबार राति भेटवार्ता भएकाे थियाे ।
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच साेमबार बिहान भेटवार्ता भएको थियाे ।
यसअघि प्रधामन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटरेसबीच आइतबार भेटवार्ता भएकाे थियाे । आइतबार राति नै प्रधानमन्त्री ओलीले राष्ट्रसंघकाे समिट अफ द फ्युचर सत्रलाई सम्बाेधन गर्नुभएकाे थियाे । आइतबार राति नै प्रधानमन्त्री ओली र राष्ट्र संघका मानवअधिकार उच्चायुक्त भेल्कर टर्कबीच भेटवार्ता भएकाे थियाे ।