१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि लामिछानेको बचाउ नगुर्न : मुकुल ढकाल

प्रकाशित मिति :  23 September, 2024 3:44 pm


काठमाडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले सहकारी ठगीमा मुछिएका पार्टी सभापति रवि लामिछानेको बचाउ नगर्न आग्रह गर्नुभएको छ ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उहाँले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताउनुभएको हो ।

आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई ढकालले अनुरोध समेत गर्नुभएको छ ।

उहाँले समाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ ।

‘प्रिय रास्वपा मित्रहरु ! हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन । बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो ।’ ढकालले फेसबुकमा लेख्नुभएको छ, ‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन ।’

 


0
Shares

प्रतिक्रिया दिनुहोस !