३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तीन दिन हल्का हिमपात र वर्षा हुन सक्ने

प्रकाशित मिति :  २० माघ २०७७, मंगलवार ०६:२०


मंगलबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।
यस्तै, तराईका भू-भागहरुमा हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

मंगलबार राति सदूरपश्चिम प्रदेश र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गर्दै जानकारी दिएको हो ।

यस्तो छ महाशाखाको पूर्वानुमान
माघ २१ गते (बुधबार)
दिउँसो : देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदलीका साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ।

माघ २२ गते (बिहीबार)

दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी पहाडि भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

राति: देशको सुदूर पश्चिम,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ र सुदूर पश्चिम प्रदेश ,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा हल्कावर्षा हुने सम्भावना पनि रहेको छ ।

प्रकाशित


0
Shares

प्रतिक्रिया दिनुहोस !