२९ आश्विन २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकार ठूला उद्योग बनाउ, व्यवसायीलाई व्यवसाय सुहाउँदो वातावरण देउ

प्रकाशित मिति :  ९ आश्विन २०८१, बुधबार १२:४८


काठमाडौं  । केही दिन अघि मैले सामाजिक सञ्जालमा देखेको थिए । नेपालमा शव उठाउने पुरुष  नभएर महिलाले शव उठाएर घाट तर्फ लागेको ।  त्यो दृष्य  मैले सामाजिक सञ्जालमा देख्दा  मेरो आखाबाट आशु झरेको  मैले पत्तै पाइन । 

मैले महिलाले शव बोक्नु हुदैन भनेको होइन । तर त्यो दृश्य हेर्दा महिला पनि धेरै थिएनन् । थोरै महिलाले शव बोकीरहेका थिए । 

अनि त्यहाँ लेखिएको थियो । गाउँमा युवा पुरुष पलायन भएर यसरी महिलाले शव बोक्न बाध्य भए । यदि त्यस गाँउमा पुरुष भएको भए । त्यो शव पुरुषले नै बोक्ने थिए । मैले भन्न खोजेको के भने देश युवा विहीन भै सक्यो । देशमा युवालाई अडिने केही वातावरण त चाहियो नि । जस्तै माेटर चल्नको लागि बाटो चाहिन्छ । त्यस्तै युवा अडिन पनि देशमा उद्योग धन्दा त चाहिन्छ नी । उद्योग धन्दा भए पो रोजगारीको सृजना हुन्छ । हैन र ?

नेपालमा मेरो आखाले देख्दा उद्योग धन्दा धेरै भन्दा पनि धेरै  कम छ ।  नेपालमा उद्योग धन्दा थाेरै हुनुमा  सरकारकाे स्पष्ट भिजन नभएर हाे जस्ताे लाग्छ  । 

 जाे सरकारमा आएपनि देशमा  उद्योग धन्दा हुनुपर्छ भनेर भन्ने तर कार्यान्वयन चाही नगर्ने बानीले गर्दा अहिले देशमा उद्योग धन्दा धेरै कम भएको मैले पाएको छु । 

भन्नलाई त तेत्रो उर्वर भूमि नेपालमा छ त  । त्यस्तो भूमिमा जे रोपे पनि फल्छ त । भन्ने तर  त्यही भूमिमा किसानले खेती गर्दा नेपालको सरकारले चाहे जति मल पनि दिन सक्दैन ।  अनि नेपाल कृषि प्रदान देश भनेर भन्दै हिडेर मात्र हुन्छ र । हो नेपालमा कृषकले पैसा हालेर पनि मल किन्न पाउदैनन् । पाएका छैनन् ।  यहाँ को र किन चुकेका छन् भन्ने कुरामा देशको नेतृत्वले नै बुझ्नु पर्ने भएको छ । र यस्तो संवेदनसिल कुरामा राज्य अलि चनाखो हुनु पर्ने म देख्छु । 

अर्को कुरा नेपालमा सरकारले उद्योग सँगै उद्यमशिलतालाई पनि प्रमोसन गर्नु पर्छ भन्ने म ठान्दछु । 

किनभने मेरो विचारमा उद्यमशीलता ले  कुनै पनि व्यक्तिलाई आत्मनिर्भर बन्न सिकाउँछ । उद्यमशिलताले पनि युवा पलायन रोक्न धेरै मद्दत गर्दछ । त्यसैले उद्यमशीलतामा म  सरकारलाई जोड दिन पनि अनुरोध गर्दछु । 

अर्को कुरा नेपालमा युवा मैत्री वातावरण पनि चाहिन्छ । त्यसमा पनि सरकारले ध्यान दिनु पर्छ भन्ने मेरो विचार छ । नेपालमा कुनै पनि युवाले बल्ल बल्ल एउटा सानो व्यवसाय सुरु गर्छ तव केही दिन पछि उसको व्यवसाय भएको घर  अगाडिको बाटो बिग्रन्छ  ।  त्यो बाटो कैयाै महिना बन्दैन । बल्ल बल्ल बाटो बन्छ फेरि उक्त ठाउँमा विजुलीको काम भएर वा ढल विग्रिएर फेरि बाटो बिग्रन्छ । अनि केही दिन पछि विजुलीको पोलमा समस्या आएर उसको व्यावसायलाई असर गरिरहेको हुन्छ । अनि यस्तो  किसिमको व्यापसायीक वातावरण ले पनि हुन्छ? । त्यसैले  म सरकारलाई व्यवसायी लाई व्यावसायी मैत्री बाताबरण दिलाउन पनि हार्दीक अनुरोध गर्दछु । 

मेरो विचारमा अहिले तुरुन्त सरकारले  स्थापना गर्ने भनिएको सातै प्रदेशको औद्योगिक पार्कको स्पापन चाडो भन्दा चाडो गरेर नेपालमा युवा टिकाउने बातावरणमा युवा लाग्नु पर्छ । 


2.5k
Shares

प्रतिक्रिया दिनुहोस !