एमाले रामेछापको तेस्रो पूर्णबैठक : वार्षिक कार्ययोजना निर्माण र कार्यविभाजन
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इञ्चार्ज डा. राजन दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटी अध्यक्ष कडरियाले जिल्ला पार्टीको दोस्रो बैठक पछि भएका गतिविधि बारे जानकारी गराउनुभएको थियो । एमाले रामेछापले लिएको विपतको सूचनामा पहिलो, उद्धारमा पहिलो र सहयोगमा पहिलोको नीतिलाई कार्यान्वयन गर्न पार्टी सफल भएको बताउनुभयो । त्यस्तै पार्टी सदस्यता नवीकरण, कार्यालय भवन निर्माण लगायतका काम निरन्तर अघि बढेको पनि उहाँले जानकारी दिनुभयो ।
बैठकमा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गणेश पहाडी, माधव ढुङ्गेल, गीता कार्की, एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, सदस्य आनन्द श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, रत्न गौतम, लब श्रेष्ठ, गोपाल श्रेष्ठ, प्रेम तामाङ, दीपशिखा दाहाल, गङ्गा कार्की, माया कार्की, अर्जुन कार्की, प्रदेश लेखा अयोगका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, प्रदेश सल्लाहकार उपाध्यक्ष तुलप्रसाद कँडेल लगायत प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य र गाउँ पार्टी कमिटी अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
बैठकले पार्टीको वार्षिक कार्ययोजना तथा बजेट पारित गरेको छ । यसै गरी पार्टीका जिल्ला कमिटीका नेताहरूको कार्यविभाजन पनि बैठकले गरेको छ ।
बैठकमा पार्टीको पालिका कमिटीका अध्यक्षहरूले पालिका कमिटीले गरेको काम र काम गर्दाका चुनौतीको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकमा यस अघिका जिल्ला इञ्चार्ज गणेश पहाडीलाई फेरिभेटौला तथा नयाँ जिल्ला इञ्चार्ज कमलप्रसाद चाैलागाईँलाई स्वागत गरिएको थियो ।