प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेट, शान्ति स्थापनामा नेपालको योगदानबारे छलफल
प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ०९:४९
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औं महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ ।
महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र महासभाका अध्यक्ष याङबीच राष्ट्रसंघको मुख्यालयमा शुक्रबार बिहान भेटवार्ता भएकाे हाे ।
भेटमा उहाँहरुबीच नेपालकाे शान्ति प्रक्रिया लगायत विविध विषयमा कुराकानी भएकाे प्रधानमन्त्री ओलीकाे सचिवालयले जनाएकाे छ । आफूहरुबीच जलवायु परिवर्तन, सगरमाथा संवाद र शान्ति स्थापनामा नेपालको योगदानबारे छलफल भएकाे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएकाे छ ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निम्ताे समेत दिनुभएकाे थियाे ।
113
Shares