७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टी–२० त्रिकोणात्मक श्रृंखला : नेपाल क्यानडासँग १४ रनले पराजित

प्रकाशित मिति :  १३ आश्विन २०८१, आईतवार ०९:१४


काठमाडौं । टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रानले पराजित भएको छ ।

क्यानडाको किङ्ग सिटीमा गएराति टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो ।

एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय नौ रन मात्र बनाउन सक्यो ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए ।

बलिङतर्फ क्यानडाका कलिम सानाले चार विकेट लिए । यस्तै साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए । यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाउनुभयाे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन÷तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक÷एक विकेट लिए । नेपालले दोस्रो खेल अब आज राति ओमानसँग खेल्नेछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !