२७ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दशैंका लागि आजदेखि सफा र सुकिला नोट साट्न पाइने

प्रकाशित मिति :  १३ आश्विन २०८१, आईतवार ०९:२६


काठमाडाैं । यसवर्षको दशैंका लागि आजदेखि सफा र सुकिला नोट साट्न पाइने भएको छ ।

यसवर्षको दशैंका लागि आज असाेज १३ गतेदेखि असोज २२ गतेसम्म सफा र सुकिला नोट साट्न पाइन नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइनेछ । इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यस पटक नयाँ नाेट नभएर सफा तथा सुकिला नाेट साट्न पाउने व्यवस्था मिलाएकाे हाे । अघिल्ला दशैंहरुमा नयाँ नाेट साट्ने व्यवस्था थियाे ।


226
Shares

प्रतिक्रिया दिनुहोस !