२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रकाशित मिति :  १४ आश्विन २०८१, सोमबार १७:३९


काठमाडाैं । संयुक्त राष्ट्र संघकाे महासभामा भाग लिन अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएकाे छ ।

प्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे । उहाँलाई उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विमानस्थलमा स्वागत गर्नुभयाे ।

उहाँ गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !