९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी निकट अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

प्रकाशित मिति :  १४ आश्विन २०८१, सोमबार २०:००


काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा कुटाकुट भएकाे छ ।

काठमाडौंको कीर्तिपुरमा गत असोज १० गतेदेखि जारी सम्मेलनमा साेमबार उमेर हदको विषयमा विवाद भएपछि समूहबीच कुर्सी हानाहान भएकाे छ ।

महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिलाई २ हजार प्रवेश शुल्क तोकेपछि आइतबार बन्द सत्र हलमा लफडा भएकाे थियाे । आइतबार नै बसेकाे माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो ।

तर साेमबार २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद बढ्दै जाँदा कुर्सी हानाहानकाे अवस्था सृजना भएकाे हाे । महाधिवेशन स्थलमा अहिले तनाव छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !