२६ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालका बाढी-पहिराे पीडितलाई चिनियाँ रेडक्रसले दियो एक लाख अमेरकी डलर

प्रकाशित मिति :  १६ आश्विन २०८१, बुधबार १९:३०


काठमाडाैं । नेपालका बाढी-पहिराे प्रभावित जनतालाई चिनियाँ रेडक्रस सोसाइटीले १ लाख अमेरिकी डलर सहयाेग गरेकाे छ ।

विपद्का घटनामा परेका नेपाली नागरिकको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले बुधबार नेपाल सरकारकाे विपद् राहत काेषमा १ लाख अमेरिकी डलर सहयोग गरेको हाे ।

नेपालका लागि चीनका राजदूत चेन सङले गृहमन्त्री रमेश लेखकमार्फत उक्त रकमकाे चेक नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्नुभयाे ।त्यसक्रममा उहाँले विपद्‍मा नेपाललाई चिनियाँ सरकारकाे साथ रहेकाे बताउनुभयाे । विपद् प्रभावितलाई थप सहयाेग गर्न चीन तयार रहेकाे राजदूत साेङले बताउनुभयाे ।


226
Shares

प्रतिक्रिया दिनुहोस !