त्रिकाेणात्मक टी-२० सिरिज : नेपालले ओमानलाई ५६ रनले हरायाे
काठमाडाैं । क्यानडामा जारी त्रिकाेणात्मक टी-२० क्रिकेट सिरिजकाे आफ्नाे चाैथाे तथा अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेकाे छ ।
क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेकाे हाे ।
नेपालले दिएकाे १ सय ५८ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १७ ओभर ५ बलमाअलआउट हुँदै १ सय १ रन मात्र बनाउन सक्याे । उसका लागि जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए ।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले ३, रोहित पौडेल र सन्दीप लामिछानेले समान २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेपालले कप्तान राेहित पाैडेलकाे अर्धशतकीय पारीकाे मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएकाे थियाे ।
नेपालका लागि कप्तान राेहितले ४४ बलमा ४ छक्का र २ चाैकाकाे मद्दतमा नटआउट ५६ रन बनाए । कुशल मल्ले १९, देव खनालले १८ र आशिफ शेखले १६ तथा अनिल साह र कुशल भुर्तेलले समान ११-११ रन जाेडे ।
सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । तेस्राे खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएकाे थियाे ।