पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने
प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ०८:१७
![](https://risingsunkhabar.com/wp-content/uploads/2024/10/Web-Post-1-1.jpg)
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।
पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने छन् ।
113
Shares