६ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री विपद् उद्धार कोषमा नेपाल बैङ्कको दुई करोड

प्रकाशित मिति :  २० आश्विन २०८१, आईतवार १३:००


काठमाडौ‌ं। नेपाल बैङ्क लिमिटेडले प्रधानमन्त्री विपद् उद्धार कोषका लागि  २ करोड रुपैँया प्रदान गरेको  छ ।

ब‌ैँककाे तर्फबाट  प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ करोडको चेक आइतबार हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको पहिलो बैङ्कका रूपमा रहेको नेपाल बैङ्क सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक बुझ्दै प्रधानमन्त्री ओलीले बैङ्कलाई विपदमा सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले लगानीकर्ता र उद्योग धन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जामा कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गर्नुभयो ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट कोषमा ३ करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा १ अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !