९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति भवनमा परराष्ट्र मन्त्री सहित प्रधानमन्त्री, राष्ट्रसंघको महासभा बारे जानकारी

प्रकाशित मिति :  २१ आश्विन २०८१, सोमबार २०:२७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार राष्ट्रपति निवास पुग्नुभएको छ ।

परराष्ट्र मन्त्री डा. आरजु देउवा राणालाई लिएर उहाँ राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको हो । राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएपछि प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जानुभएको हो ।

भेटमा संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले जनाउनु भएको सहभागिता र छलफलका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।

भेटमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।


226
Shares

प्रतिक्रिया दिनुहोस !