कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघबाट उद्धार कोषमा रकम हस्तान्तारण
प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १४:५६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।
मंगलबार कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गर्नुभयो ।
113
Shares