बाढी-पहिरो पीडितकाे राहतका लागि नेपाललाई विश्व बैंकले २० अर्ब ऋण दिने
प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १५:२१
काठमाडाैं । नेपालका बाढी-पहिराे पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ (१५० मिलियन अमेरिकी डलर) ऋण सहयोग गर्ने भएको छ ।
‘मंगलबार बसेकाे विश्व बैंकको सञ्चालक समितिकाे बैठकले नेपालका बाढी-पहिराे पीडितका लागि साे रकम बराबरकाे ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो ।
बाढी-पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्काल ठूलो रकम चाहिने भएकाले साे रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको विश्व बैंकले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनका अनुसार नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्थास्थ्य क्षेत्रमा आकस्मिकता आउने बित्तिकै लिन सक्नेछ ।
226
Shares