९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल

प्रकाशित मिति :  २३ आश्विन २०८१, बुधबार २०:३२


काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त हुनुभएकाे छ ।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बुधबार ढकाललाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएकाे हाे । ढकालले रुपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

यसअघि प्रमुख सचेतक रहनुभएका जन्मजय तिमिल्सिनाले राजीनामा दिनुभएकाे थियाे । तिमिल्सिनाकाे राजीनामा स्वीकृत गर्दै नेता चाैधरीले ढकाललाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएकाे हाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !