१ पुष २०८२, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

निमा रिन्जी शेर्पाद्वारा १८ वर्षको उमेरमै ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल आरोहण

प्रकाशित मिति :  २३ आश्विन २०८१, बुधबार २०:३४


काठमाडाैं । नेपालका निमा रिन्जी शेर्पाले सबैभन्दा कान्छो उमेरमा ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल आरोहण गर्नुभएको छ ।

उहाँले १८ वर्षको उमेरमै ८ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको सफल आरोहण गर्नुभएकाे हाे । आज बुधबार बिहान चीनमा रहेकाे ८ हजार २७ मिटर अग्लो शिशापांमा हिमाल आरोहण गरेसँगै निमाले यो कीर्तिमान आफ्नो नाममा गराउनुभएकाे हाे ।

उक्त हिमालको सफल आरोहणसँगै निमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबै भन्दा कान्छो आरोही बन्न सफल हुनुभएकाे छ ।

संखुवासभाको मकालु क्षेत्रमा पर्ने शेर्पागाउँमा जन्मिएका निमाले पहिलो पटक सन् २०२२ मा मनास्लु हिमाल आरोहण गर्नुभएको थियो ।

अहिलेसम्म विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबैभन्दा कान्छो आरोही (३० वर्ष) को नाम मिङ्मा ग्याबु (डेभिड) शेर्पाको नाममा छ । निमाले साे रेकर्ड तोड्नुभएकाे हाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !