२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रहनुभएन भारतका प्रसिद्ध उद्योगपति रतन टाटा

प्रकाशित मिति :  २४ आश्विन २०८१, बिहीबार १४:१८


एजेन्सी । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।​

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा टाटाकाे बुधबार राति निधन भएकाे हाे । उहाँको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री मोदीले टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिका रुपमा स्मरण गर्नुभएकाे छ । ‘रतन टाटा जी एक दूरदर्शी व्यापारी नेता, एक दयालु आत्मा र एक असाधारण मानिस हुनुहुन्थ्याे, उहाँले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापार घरानालाई स्थिर नेतृत्व प्रदान गर्नुभयाे एकै समयमा’- उहाँले ट्‍वीटरमा उल्लेख गर्नुभएकाे छ ।

रतन टाटाकाे द‍ृष्टिकाेण समृद्ध रहेकाे स्मरण गर्दै माेदीले लेख्नुभएकाे छ – ‘रतन टाटासँग मैले गरेका अनगिन्ती कुराकानीले मेरो हृदय भरिएको छ, म मुख्यमन्त्री हुँदा गुजरातमा उहाँलाई बारम्बार भेट्थें, हामी विभिन्न विषयमा छलफल गर्थ्यौं, मैले उहाँको द‍ृष्टिकोण लाई धेरै समृद्ध पाएँ, जब म दिल्ली आएँ तब पनि यी कुराकानीहरू जारी रहे, उहाँको निधनले गहिरो दुःखी बनाएको छ ।’

रतन टाटाकाे निधनमा भारतमा मात्र नभएर विश्वभरका उद्याेग-व्यवसायी, कलाकार, खेलाडी र राजनीतिज्ञले दु:ख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रतन टाटा सन् १९३७ डिसेम्बर २८ मा जन्मिनुभएकाे थियाे । टाटालाई भारत सरकारले पद्म विभूषणद्वारा सम्मान गरेकाे थियाे । उहाँ भारतीय उद्योगको प्रमुख स्तम्भ मानिने टाटा समूहका अध्यक्ष हुनुहुन्थ्याे । रतन टाटाले सादगी उद्याेगीका रुपमा पनि आफ्नाे पहिचान बनाउनुभएकाे थियाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !