२८ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठकाे दर्शन

प्रकाशित मिति :  २५ आश्विन २०८१, शुक्रबार २१:२५


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंका अवसरमा शुक्रबार उपत्यकाका विभिन्न शक्तिपिठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएकाे छ ।

बडादशैंकाे महाअष्टमी र महानवमीकाे दिन राष्ट्रपति पाैडेलले नक्साल भगवती, शोभा भगवती, गुह्येश्वरी, कालिकास्थान, संकटा, मैतीदेवी, भद्रकाली, नरदेवी, रक्तकाली र इन्द्रायणीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

राष्ट्रपतिसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएकाे छ ।

यस वर्ष तिथि घटबढका कारण महाअष्टमी र महानवमी आज एकैदिन परेकाे छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !